आवरउदयपुर,कार्तिक १६ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले माओवादी सशस्त्र युद्ध सुरु भएको दिन सार्वजनिक बिदा दिने प्रस्ताव संसदबाट पारित गरेर देखाउन चुनौती दिएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारलाई यस्तो चुनौती दिएका हुन् । उनले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय सरकारले फिर्ता लिनुपर्ने बताए ।

सरकारले फागुन १ गते बिदा दिने नै हो भने संसदमा प्रस्तुत गरेर पारित गर्नुपर्ने बताए । फागुन १ गते नेपालमा हिंसाको आरम्भ भएको भन्दै पौडेलले त्यस दिन उत्सवको दिन हुन नसक्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय