आवरउदयपुर,कार्तिक १ । मंगलबार राति प्यालेस्टाइनी राज्यको गाजा शहरको अल अहरी अरब अस्पतालमा भएको आक्रमणको एमालले भत्र्सना गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले बुधबार विज्ञप्ति जारी गर्दै घटनाको निन्दा र भत्सर्ना गरेका हुन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले अस्पतालमा उपचार गराइरहेका बिरामी, उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी, बिरामीका कुरुवारआफन्त र अस्पताल परिसरमा शरण लिइरहेका नागरिक गरी ५०० भन्दा बढी मारिएको खबरले एमाले स्तब्ध भएको बताएका छन् ।
निहत्था नागरिक, अस्पतालमा उपचार गराइरहेका बिरामी र स्वास्थ्यकर्मीको ज्यान लिने गरी गरिएको अमानवीय आक्रमणबाट अन्तर्राष्ट्रिय कानुन, मानव अधिकार र मानवीयताका सबै सीमा उल्लङ्घन भएको पनि एमालेले जनाएको छ ।
नेकपा (एमाले) शान्तिको पक्षमा रहेको र जुनसुकैखाले द्वन्द्व र समस्याको समाधान शान्तिपूर्ण वार्ताद्वारा गरिनुपर्छ भन्ने मान्यता राख्ने विज्ञप्तिमा जनाइएको छ ।