आवरउदयपुर,कार्तिक १ । नेकपा एमाले कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

एमाले कोशी प्रदेश संसदीय दलको बिहान बसेको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको एमालेका प्रमुख सचेतक रेवती रमण भण्डारीले जानकारी दिए ।

११ बजे सुरु हुने भनेको प्रदेशसभा बैठक दलहरूका आन्तरिक बैठक र छलफलका कारण ढिलामात्र सुरु हुने बताइएको छ ।

गत शनिवार एमाले सांसदको बहुमत जुटाएर कांग्रेसको शेखर कोइराला समूहका केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।

फरक गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई कांग्रेस माओवादीले पनि मत दिने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर