
आवरउदयपुर,अशोज २८ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन्।
प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई शपथ खुवाएका हुन्।
कार्कीसँगै नेकपा (एमाले) का रामबहादुर राना र नेपाली कांग्रेसका शमशेर राईले मन्त्रीको शपथ लिएका छन्।
राना नेकपा (एमाले) कोशी संसदीय दलका उपनेता हुन्। कांग्रेसका राईले कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका थिए।
उनीहरूलाई अहिले विनाविभागीय मन्त्री बनाइएको छ।
एमाले र काग्रेसबाट दुई/दुई जनालाई मन्त्रीको शपथ गराउने भनिए पनि सहमति हुन सकेन ।
कार्की शनिबार एमालेको समर्थनमा कोशीको मुख्यमन्त्री नियुक्त भएका थिए ।