आवरउदयपुर,अशोज २८ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नौ महिनाभित्र १० ओटा विमान खरिद गर्ने बताएका छन् ।
आइतबार नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले कालोबजारी नियन्त्रणका लागि बुझाएको ज्ञापनपत्र बुझ्दै उनले चालु आर्थिक वर्षमा १० वटा विमान खरिद गर्ने जानकारी दिएका हुन् ।
नेपाल वायुसेवा निगमको विमान थपेर भाडादरमा देखिएको विसंगति हटाउन पनि विमान थप्नुपर्ने उनले बताए । दशैँअघि नै विमान खरिद प्रक्रिया अगाडि बढाउने तयारी गरिएको उनले बताए ।