आवरउदयपुर,अशोज २६ । कोशीका प्रदेशमा भोलि (शनिबार) सनाखत गरेर मुख्यमन्त्री नियुक्त गरिने भएको छ ।
प्रमुख परशुराम खापुङ र केदार कार्कीलाई मुख्यमन्त्री बनाउनुपर्ने मागदावी गरेका सांसदहरुबीचको छलफलपछि यस्तो तयारी भएको हो ।
आजै कांग्रेसका कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न दबाब दिन कोशी प्रदेश प्रमुखको कार्यालय पुगेका सांसदहरू र प्रदेश प्रमुख परशुराम खापुङबीच भएको छलफलमा प्रदेश प्रमुखले यस्तो प्रस्ताव गरेका हुन् ।
तर सांसदहरुले भने सांसदहरुलाई दबाब दिन समय लम्ब्याइएको भन्दै प्रदेश प्रमुखको प्रस्तावको विरोध गरेका छन् । उनीहरुले प्रदेश प्रमुखकै कार्यालयमा धर्ना बस्ने जनाएका छन् ।
प्रदेश प्रमुखसँगको छलफलमा एमाले नेता हिक्मत कार्की र मुख्यमन्त्रीमा प्रस्तावित केदार कार्की सहभागी थिए भने अन्य सांसदहरू हलमा कुरेर बसेका थिए ।
मुख्यमन्त्रीमा दोहोरो दावी परेपछि प्रदेश प्रमुख खापुङ मुख्यमन्त्री नियुक्त गर्न अलमलमा परेका छन् ।
एमाले नेता हिक्मत कार्कीले विश्वासको मत नपाउने भएपछि मुख्यमन्त्रीबाट राजीनामा गरेपछि संविधानको धारा १६८ को उपधारा ५ अनुसार प्रदेश प्रमुखले आज ५ बजेसम्मको समय दिएर मुख्यमन्त्रीको दावी पेश गर्न समय दिएका थिए ।