आवरउदयपुर,अशोज २६ । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्कीलाई नियुक्त गर्नुपर्ने माग गर्दै नेपाली कांग्रेस र नेकपा (एमाले) का ४८ सांसदहरू प्रदेश प्रमुख परशुराम खापुङ्गको कार्यालय पुगेका छन३ ।

हिजो (बिहीबार) ४७ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी प्रस्तुत कार्कीलाई आजै मुख्यमन्त्री नियुक्त गर्नुपर्ने माग गर्दै उनीहरु प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन३ ।

कोशी प्रदेश प्रमुखलाई दबाब दिन केदार कार्की पक्षका कांग्रेस सांसद र एमालेका गरी ४८ सांसदहरू प्रमुखको कार्यालय पुगेका छन् । प्रदेश संसद सचिवालयमा जम्मा भएका उनीहरू हुल बाँधेरै प्रदेश प्रमुखको कार्यालय पुगेका हुन् ।

गठबन्धनले समेत कोशीमा माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्री नियुक्त गर्न दावी गरेपछि प्रदेश प्रमुख अलमलमा परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय