आवरउदयपुर,अशोज २३ । नेकपा (एमाले) मधेस प्रदेशको अधिवेशन भोलि (बुधबार)देखि जनकपुरमा सुरू हुँदैछ।

‘अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको प्रदेश कमिटीले जनाएको छ। अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।

मधेस प्रदेशको आगामी नेतृत्वका लागि अहिलेसम्म तीन जनाले आकांक्षी देखिएका छन् । जसमा पार्टीका प्रदेश सदस्य धनुषाका लक्ष्मीनारायण यादव, सर्लाहीका राजनारायण साह र चन्देश्वर मण्डल छन् ।

तीनै जना आ–आफ्नो पक्षमा माहोल सृजना गर्न लागिसकेको एक प्रदेश कमिटी सदस्यले बताए ।

प्रदेश अध्यक्ष रामअवतार यादव सिराहा, सुखीपुर नगरपालिकाको प्रमुख भएकाले उनी दोहोरिन पाउँदैनन्। एमालेले यसअघि नै सांसद, जनप्रतिनिधिलाई उम्मेदवार बन्न नपाउने सर्कुलर मातहत कमिटीमा पठाइसकेको छ।

प्रदेश अध्यक्षको आकांक्षीको रूपमा अहिलेका उपाध्यक्ष रेवती पन्त पनि थिए। झलनाथ खनाल प्रतिष्ठानका पूर्वअध्यक्ष रहेका उनीविरूद्ध सर्प पालनका नाममा भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर भएपछि उनी प्रतिस्पर्धाबाट बाहिरिएका छन्।

बाराका पुरूषोत्तम पौडेल, सप्तरीका सुमनराज प्याकुरेलले पनि चाहना राखेका थिए। तर, उनीहरू प्रतिनिधि आएनन्। अधिवेशनका लागि पोलिटब्युरो र केन्द्रीय सदस्यहरू प्रतिनिधि आएका छैनन् ।

मधेस प्रदेशमा एमालेका ६६ हजार २०० पार्टी सदस्य रहेको भट्टराईले बताए। १ सय ३६ स्थानीय तहबाट १ हजार २१ जना प्रतिनिधि चुनिएर आएका छन्। अधिवेशनले २ सय ३५ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्ने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय