आवरउदयपुर,अशोज १९ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भोलि (शनिबार) विश्वासको मत लिने भएका छन् ।

गत बुधबार बसेको प्रदेशको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कार्कीले यही २० गते विश्वासको मत लिने समझदारी भएको थियो ।

कार्की संविधानको धारा १६८ को उपधारा ३ अनुसार गत भदौ २२ गते सर्वोच्च अदालतको परमादेशबाट मुख्यमन्त्री बनेका थिए ।

संविधानअनुसार मुख्यमन्त्री भएको ३० दिनभित्र अर्थात् यही असोज २० गतेभित्र कार्कीले विश्वासको मत लिइसक्नुपर्नेहुन्छ । तर विश्वासको मत पाउन भने मुस्किल हुने देखिएको छ ।

प्रदेशसभामा एमालेका ४० सांसद छन् । त्यसैगरी नेपाली कांग्रेसका २९,माओवादी केन्द्रका १३,राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ जना,नेकपा एकीकृत समाजवादीका ४ जना र जनता समाजवादी पार्टीका १ जना सांसद रहेका छन् ।

९३ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ४७ सांसद आवश्यक पर्छ । विश्वासका मतमा बहुमतका लागि मुख्यमन्त्री कार्कीले कांग्रेस र माओवादीमध्ये एक पार्टीको सहयोग लिनुपर्ने हुन्छ ।

कांग्रेस, माओवादी,एकीकृत समाजवादी र जनता समाजवादीले अहिलेकै अवस्थामा कार्कीलाई सहयोग गर्ने अवस्था देखिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय