आवरउदयपुर,अशोज १९ । बझाङमा भूकम्पबाट क्षति भएका घर प्रदेश सरकारले निर्माण गरिदिने भएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भूकम्पबाट बेघर भएका मानिसहरुको घर प्रदेश सरकारले बनाइदिने घोषणा गरेका छन् ।

भूकम्प प्रभावित जिल्लाको बस्तीहरुको स्थगलगत अनुगमन गरेपछि मुख्यमन्त्री शाहले प्रभावितहरुको घर बनाइदिने आश्वासन दिएका हुन् ।

बिहीबार नै बझाङ पुगेका मुख्यमन्त्री शाहले आज प्रभावितहरुको बस्तीको अनुगमनको अनुगमन टोलीका सदस्य समेत रहेको नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले जानकारी दिए ।

उनका अनुसार मुख्यमन्त्रीले सर्वप्रथम प्राविधिक निरीक्षण गर्ने त्यसपछि प्राविधिक निरीक्षण प्रतिवेदन तथा मूल्यांकनको आधारमा बस्ती निर्माण गरिने घोषणा गरेका हुन् ।

गत मंगलबार बझाङ जिल्लालाई केन्द्र बिन्दु बनाएर भूकम्प गएको थियो । त्यसबाट केही मानवीय र भौतिक क्षति भएकोछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय