आवरउदयपुर,अशोज १७ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिवार विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्रीले असोज २० गते शनिवार विश्वासको मत लिने तयारी भएको नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको चौथो अधिवेशन समेत आजदेखि सुरु भएको छ ।

कार्की सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ गते संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए ।

विश्वासको मत नपाए मुख्यमन्त्री कार्की स्वतः पदमुक्त हुनेछन् भने संविधानको धारा १६८ को उपधारा ५ अनुसार अर्को सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

प्रदेशसभामा एमालेको उपसभामुखसहित ४०, काँग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा (एकीकृत समाजवादी) को ४ र जसपाको १ सांसद गरी ९३ सदस्यीय प्रदेशसभा छ ।

सरकार गठनका लागि भने बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ । मुख्यमन्त्री कार्कीलाई एमाले बाहेकले विश्वासको मत नदिने बताएका छन् ।

यसअघि एमालेकै कित्तामा उभिएको राप्रपाले पनि यसपटक मत नदिने भएको छ । जसकारण कार्की नेतृत्वको सरकारले विश्वासको मत पाउने सम्भावना कमजोर भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय