आवरउदयपुर,अशोज १७ । नेकपा एमाले कोशी प्रदेश कमिटीका नवनिर्वाचित प्रदेश अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

नेकपा एमाले कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठले निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रमाणपत्र हस्तान्तरण गरे । एमालेको पहिलो प्रदेश अधिवेशनमा विनोद ढकाललाई पराजित गर्दै घनश्याम खतिवडा अध्यक्षमा निर्वाचित भएका थिए ।

खतिवडाले ५१२ मत पाएका थिए भने ढकालले ४३० मत पाए । उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ सर्वसम्मत निर्वाचित भए ।

सचिवमा पाँचथरका राजकुमार भण्डारी, उपसचिवमा झापाकी जलवर्षा राजवंशी र खोटाङका देवान राई निर्वाचित भएका थिए ।

अधिवेशनबाट प्रदेश कमिटीका पदाधिकारीसहित २१५ सदस्यीय कमिटी बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर