आवरउदयपुपर,अशोज १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्र संघमा यसपटक देखिने गरी नेपाललाई प्रस्तुत गरिएको बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्र संघको ७८औं महासभामा आफूले गरेको सम्बोधनबाट यस पटक नेपाल देखिने गरी प्रस्तुत हुन सफलता मिलेको बताउनुभएको हो। आफनो हालै सम्पन्न संयुक्त राष्ट्र संघको महासभा र चीनको औपचारिक भ्रमणबारे आइतबार प्रतिनिधि सभा बैठकमा जानकारी गराउँदै प्रचण्डले नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनका लागि अन्तर्राष्ट्रिय समुदायको सदभाव बटुल्न पनि आफ्नो भ्रमण सफल भएको पनिजानकारी दिनुभयो ।
नेपालमा द्वन्द्वबाट शान्तितर्फ रुपान्तरणको सफल उदाहरणलाई अन्तर्राष्ट्रिय समुदायले उचित मान्यता दिनुपर्ने, दिगो विकासका लक्ष्यहरुको कार्यान्वयन तथा जलवायु परिवर्तनका प्रभावहरुबारे नेपाल लगायत अतिकमविकसित मुलुककाहरूका चुनौती र तीनको सम्बोधनका लागि विश्व समुदायको ध्यानाकर्षण गराउने विषयमा पनि आफूले संयुक्त राष्ट्र संघको महासभामा धारणा राखेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो।
‘संयुक्त राष्ट्रंसंघको महासभामा प्रधानमन्त्रीस्तरबाट भएको सहभागिताबाट नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय समुदायको सदभाव हासिल गर्ने, नेपालमा द्वन्द्वबाट शान्तितर्फ रुपान्तरणको सफल उदाहरणलाई अन्तर्राष्ट्रिय समुदायले उचित मान्यता दिनुपर्ने, दिगो विकासका लक्ष्यहरुको कार्यान्वयन, तथा जलवायु परिवर्तनका प्रभावहरुबारे नेपाल लगायत अतिकमविकसित मुलुककाहरुका चुनौति र तिनको सम्बोधनका लागि विश्व समुदायको ध्यानाकर्षण गराउने विषयमा नेपाल यस पटक देखिने गरी प्रश्तुत गर्न सफलता मिलेको छ,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमणले दुई मुलुकबीचको राजनीतिक तहमा विश्वासको वातावरण बनेको पनि बताउनुभयो । नेपाल–चीनबीचको जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलहरुमा चीनबाट सोझै हवाई उडान गरिनुका साथै विज्ञान र प्रविधिको क्षेत्रमा सहकार्य गर्ने, द्धिपक्षीय व्यापार बिस्तार गर्ने विषयमा समेत बिस्तारपूर्वक छलफल भएको पनि बताउनुभयो ।
देश हाम्रै एजेण्डा वरिपरि घुमिरहेको छ, २०८४ मा एक्लै लडेर पहिलो पार्टी बन्छौं ः प्रवक्ता सापकोटा
काठमाडौँ, १४ असोज । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले आगामी निर्वाचनमा माओवादीले कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने बताउनुभएको छ । आइतबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता सापकोटाले
माओवादीले त्यहीअनुसार अहिले तीन महिने अभियान चलाइरहेको बताउदै तीन महिने अभियान लगत्तै आफूहरु विधान सम्मेलन हुँदै विशेष महाधिवेशनमा जाने उहाँको भनाइ छ । प्रवक्ता सापकोटाले भन्नुभयो, ‘अहिले हाम्रो एजेण्डामा देश घुमिरहेको छ । तर, त्यो संगठनमा अभिव्यक्त भएको छैन । त्यो संगठनमा अभिव्यक्त हुने र पहिलो पार्टी हुने संकल्पका साथ अगाडि बढेरहेका छौं ।’
पूर्वसभामुख समेत रहनुभएका प्रवक्ता सापकोटाले भूराजनीतिक अवस्थाले देश पेचिलो र जटिल बन्दै अवस्थामा रहेको समेत बताउनुभयो । उहाँले सबै मिलेर मेहनत गर्ने हो भने देखिएको समस्या समाधान हुने बताउनुभयो ।
प्रवक्ता सापकोटाले अहिले चुनौतीभन्दा पनि बढी सम्भावना रहेको उल्लेख गर्दै चुनौतीमै सम्भावनाका ढोका खुल्ने समेत उल्लेख गर्नुभयो । उहाँले पार्टीले पछिल्लो समय देशमा आँधीबेहरी सिर्जना गरेको उल्लेख गर्दै माओवादीको सुदृढीकरण अभियान पनि सफल हुँदै गएको जानकारी दिनुभयो ।उहाले पार्टीमा आकर्षण बढेको र अन्य पार्टीका कार्यकर्ता र पार्टी बाहिरका मानिस हजारौँको संख्यामा प्रवेश गरिरहेको समेत बताउनुभयो ।
प्रवक्ता सापकोटाले भन्नुभयो, ‘भूराजनीतिक अवस्थाले गर्दा हाम्रो अवस्था अलि पेचिलो र जटिल छ । तर हामीले मेहनत गर्ने हो भने देखापरेको समस्याको समाधान गर्न सकिन्छ। सम्भावना पनि छ यसमा। अहिले चुनौति भन्दा बढी सम्भावना छ। यस्तै बेलामा ढोकाहरु खुल्छन्। भारत भ्रमण होस् वा संयुक्त राष्ट्रसंघको महासभामा जाँदा भएका सम्झौताहरु भन्नुस्, यसको एकमुष्ठ निस्कर्ष निकाल्दा अहिले राजनीतिक रुपमा पनि एउटा सन्देश त गएको छ, त्योभन्दा कयौँ गुणा बढी, अहिले हामी राजनीतिक पार्टीप्रतिको अपेक्षा बढी छ, विशेष गरी माओवादीप्रति अपेक्षा बढी छ । हामीले एउटा आँधीबेहरी श्रृष्टि गरेका छौँ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय