आवरउदयपुपर,अशोज १५ ।मानव अधिकार तथा शान्ति समाजले जनयुद्ध दिवसका नाममा फागुन १ गते बिदा दिने सरकारी निर्णय शीघ्र खारेज गर्न माग गर्दै प्रदर्शन गरेको छ ।

अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा समाजले सोमबार अहिंसाको प्रवर्द्धन र हिंसाको खारेजीका लागि योगदान गर्न सबैलाई आग्रह गर्दै यस्तो माग अघि सारेको हो ।

शान्ति समाजका रुपन्देही, महोत्तरी, चितवन, नवलपुर, शाखाले प्रदर्शन गरेका छन् भने अछाम शाखाले अन्तरक्रिया कार्यक्रम गरेको छ ।

यस्तै समाजका दर्जन बढी शाखाहरूले आज साँझ प्रदर्शन तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गर्दैछन् ।

२००७ को जुन महिनामा संयुक्त राष्ट्र महासभाले अक्टोबर २ लाई अहिंसा दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।

महासभाद्वारा पारित प्रस्ताव अनुसार सबै राष्ट्रसंघीय प्रणालीलाई शिक्षा र जनचेतनासहित अहिंसाको सन्देश फिँजाउँदै उपयुक्त तवरले अहिंसा दिवस मनाउन आह्वान गरिएको छ ।

अक्टोबर २ महात्मा गान्धीको जन्म जयन्ती पनि हो । महात्मा गान्धीलाई अहिंसात्मक आन्दोलन र सामाजिक परिवर्तनका लागि उत्प्रेरक मानिनछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय