आवरउदयपुर,अशोज १४ । नेकपा एमाले कर्णाली प्रदेशको सदस्यमा ४४ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचनका लागि तोकिएको कोटाभन्दा धेरै उम्मेदवारी नपरेको र केही उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएपछि ४४ जना प्रदेश कमिटी सदस्यमा निर्विरोध निर्वाचित भएका हुन्।
जसमध्ये सुर्खेतको प्रदेशसभा भूगोलतर्फ प्रदेशसभा निर्वाचन क्षेत्र–१ (क) बाट तीन जना र (ख)बाट एक जना महिलातर्फ गरि चार जना निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै, सुर्खेत प्रदेशसभा निर्वाचन क्षेत्र–२ (क) महिलातर्फ एक र (ख) बाट एक महिला सदस्य गरि दुई जना निर्विरोध निर्वाचित भएका छन्।
जुम्लामा प्रदेशसभा (क) बाट दुई र (ख) बाट दुई जना खुला र एक महिला सदस्यसहित पाँच जना निर्वाचित भएका छन् ।
हुम्ला भूगोलतर्फ प्रदेशसभा (ख) दुई जना पुरुष सदस्य (ख) एक जना महिलातर्फ गरि तीन सदस्यमा निर्वाचित भएकी छन्।
डोल्पा भूगालेतर्फ प्रदेशसभा (क) मा दुई जना पुरुष सदस्य र महिला गरि तीन जना र (ख) मा दुई जना पुरुष र एक जना महिला सदस्यतर्फ गरि ६ जना सदस्य प्रदेश कमिटीमा निर्विरोध निर्वाचित भएका छन्।
मुगु जिल्ला भूगोलबाट प्रेदशसभा (क) मा दुई जना पुरुषतर्फ र एक जना महिला सदस्य र (ख) दुई जना पुरुष र एक जना महिलातर्फ गरि ६ जना प्रदेश कमिटी सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
दैलेख निर्वाचन क्षेत्र नम्बर–१ प्रदेशसभा (ख) एक जना महिला सदस्य र प्रदेशसभा–२ (क) मा दुई पुरुष गरि तीनजना निर्वाचित भएका छन्।
रुकुम पश्चिम प्रदेशसभा (क) बाट दुई जना पुरुष, एक जना महिला र प्रदेशसभा (ख) मा दुई जना पुरुष गरि पाँच जना उम्मेदवार निर्वाचित भएका छन्।
सल्यानमा प्रदेशसभा (क)मा दुई जना पुरुष सदस्य, एक जना महिला सदस्य र प्रदेशसभा (ख)मा दुई जना पुरुष र एक महिला सदस्य गरि ६ जना निर्विरोध निर्वाचित भएका निर्वाचन कमिटीले जनाएको छ।
जाजरकोट प्रदेशसभा (क) भूगोलतर्फबाट एक जना महिला सदस्य निर्वाचित भएकी छन्।
कलस्टर अनुसार जनजाति निर्वाचन क्लस्टर अन्तर्गत पाँच जना महिला सदस्य निर्विरोध निर्वाचित भएकी छन्।
१ जना कोटा रहेको अल्पसंख्यकमा दैलेखका पदमबहादुर माझी निर्विरोध प्रदेश कमिटी सदस्यमा चुनिएका छन्।
प्रदेश लेखा समितिको उपाध्यक्षमा अमरबहादुर चन्द, दुई जना महिला सदस्यमा जाजरकोटकी कमला कुमारी शाी र रुकुम पश्चिमकी कृष्णाकुमारी मल्ल निर्विरोध निर्वाचित भएकी छन्।
लेखा समितिको खुला २ जना सदस्यमा एक जनाको मात्रै उम्मेदवारी परेको छ। जसमा रुकुम पश्चिमका मिजाश मल्ल निर्विरोध निर्वाचित भएका छन्।