आवरउदयपुर,अशोज १४ । सरकारले विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेश गरेको छ ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विधेयक प्रतिनिधि सभामा पेश गरेका हुन् ।
यसअघि मन्त्रिपरिषद्ले पारित गरेर विधेयक संघीय संसदमा दर्ता भएको थियो ।