आवरउदयपुर, अशोज ११ ।
अफगानी क्रिकेटर नविल उल हकले २४ वर्षकै उमेरमा एकदिवसीय क्रिकेटबाट सन्यास लिएका छन् ।

उनले यसपटक भारतमा हुने विश्वकप आफ्ना लागि अन्तिम एकदिवसीय खेल हुने बताएका हुन् ।

उनले आफ्नो खेल करिअर लामो बनाउन एकदिवसीय क्रिकेटबाट सन्यास लिने बताएका छन् । टी–२० फम्र्याटका लागि भने उनले खेल्ने बताए । आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा क्याप्सनसहित अफगानस्तानको जर्सीमा एक फोटो सार्वजनिक गरेका छन् ।

सन् २०१६ मा मिरपुरमा बंगलादेशविरुद्ध ओडीआईमा डेब्यू गरेका उल हकले ७ एकदिवसीय खेलमा १४ विकेट लिएका छन् ।

उनले २७ टी–२० अन्तर्राष्ट्रिय खेलमा ३४ विकेट लिएका छन् । गत सिजनको इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा नविनले लखनऊ सुपर जायन्ट्सबाट खेलेका थिए ।

टी–२० टोलीमा नियमित जस्तै रहेका उनले अफगानिस्तानको एकदिवसीय टिममा भने कम मौका पाउने गरेका थिए ।

विश्वकपअघि अफगानिस्तानले दक्षिण अफ्रिका र श्रीलंकासँग अभ्यास खेल खेल्ने तालिका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय