आवरउदयपुर,अशोज १० ।राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त चार जना राजदूतहरूलाई शपथ ग्रहण गराएका छन् ।

राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहबिच नवनियुक्त राजदुतहरुले पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

शपथ ग्रहण गर्नेमा फ्रान्सका लागि सुधीर भट्टराई, संयुक्त अरब एमिरेट्सका लागि तेजबहादुर क्षेत्री, कुवेतका लागि घनश्याम लम्साल र स्वीटजरल्याण्डका लागि रामप्रसाद सुवेदी रहेका छन् ।

उक्त अवसरमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर