आवरउदयपुर,अशोज १० ।राहत शिक्षकको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै आन्दोलनरत राहत शिक्षकहरुको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले हस्तक्षेप गरेको हो ।
निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले शिक्षकहरुको आन्दोलनमा हस्तक्षेप गरेको हो । प्रहरीले केही शिक्षकहरुलाई लछारपछार र लाठी प्रहार गरेको छ ।
शिक्षक महासंघले सरकारसँगको वार्तापछि आन्दोलन फिर्ता लिए पनि राहत शिक्षकले भने माग पूरा नभएको भन्दै आन्दोलन जारी राखेका छन् ।
बुधबार शिक्षकहरुले माइतीघर नयाँ बानेश्वर सडकको मुख्य लेनबाटै प्रदर्शन गरेका कारण सो सडक भएर चल्ने गाडीहरु बन्द भएका थिए ।