आवरउदयपुर,अशोज ८ ।‘दिगो विकास राष्ट्रिय प्रतिवद्धता, लक्ष्य प्राप्तिमा सघसंस्थाको सहभागिता भन्ने मुलनाराका साथ शनिबार ४४ औं सामाजिक सेवा दिवस उदयपुरमा विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ ।
सामाजिक सेवाका क्षेत्रमा कार्यरत संस्थाहरुको छाता संगठन गैरसरकारी संस्था महासंघको अगुवाईमा विहान प्रभातफेरी, अन्तरक्रिया, मिडिया सम्बांद लगायतका कार्यक्रम आयोजना गरिएको छ ।
दिवसकै अवसरमा दलित महिला संघ (फेडो) र मानव अधिकार र वाताविरण विकास केन्द्र (हुरेण्डेक) उदयपुरले संम्भावित दलित महिला नेतृत्व र स्थानीयरुपमा निर्वाचित जनप्रतिनिधिसँग नेपालमा मानव अधिकार दायित्व सम्बन्धि अन्तरक्रियाको आयोजना गरेका छन् ।
त्यस्तै दिउँसो रेडियो उदयपुरसँगको सहकार्यमा सामाजिक अभियान सम्बन्धि रेडियो अन्तरसंम्बाद कार्यक्रमको आयोजना गरिएको महासंघका अध्यक्ष सृजना पौड्ेलले बताईन् । उनले भनिन्, ‘संघीयता सँगै सामाजिक अभियानमा जोडिएका संघसंस्थाको भुमिका कम हुँदै गएकाले रचनात्मक कृयाकलापको अवको आवश्यकता हो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले सामाजिक विभेद अन्त्यका लागि संघसंस्थाहरुले अभियान सञ्चालन गरेपनि अझै निर्मुल हुन नसकेको प्रति चिन्ता व्यक्त गरे । उनीहरुले दलित माथिको विभेद् अझै पनि समाजमा जरो झै गाडिएर बस्दा समाजलाई रुपान्तरण गर्न गार्हो भएको बताए ।
निर्वाचित जनप्रतिनिधिहरुले कतिपय ठाउँमा दलित भएकैकारण आफुहरु हेलाहोचोमा परेको र वजेट विनियोजन गर्न पनि सकस भएको बताए । अधिकारकर्मीहरुले बोली र व्यवहारमा अझै फरक रहेकाले अभियानहरु दलितभन्दा पनि गैरदलितले सञ्चालन गर्दा प्रभावकारी हुने बताए ।
अभियानकर्मीहरुले समाज सेवामा लाग्नका लागि मन, बचन र कर्मको आवश्यकता पर्ने बताए । कार्यक्रममा फेडोका कार्यक्रम संयोजक पाण्डु परियारले समसामयिक बिषयमा कार्यपत्र प्रस्तुत गरेकी थिईन् । अन्तरक्रिया पछि आयोजित रेडियो संबाद कार्यक्रममा सामाजिक अभियान, दायित्व, भईरहेका प्रयास, सुरक्षा संम्बेदनशिलता लगायतका बिषयमा अभियन्ताहरुले आफ्ना धारणा राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय