आवरउदयपुर,अशोज ८ ।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।
मुख्यमन्त्री कार्यालय स्रोतले मन्त्रीमण्डल विस्तार गर्न लागेको पुष्टि गरेको छ। मुख्यमन्त्री कार्कीले आज चारदेखि पाँचजना मन्त्री थप्ने तयारी गरेको बताइएको छ ।
संविधानको धारा १६८ (३) अनुसार बनेको नेकपा एमालेको अल्पमतको सरकारले आगामी असोज २० सम्म विश्वासको मत लिइसक्नुपर्नेछ ।
मन्त्री बन्ने सम्भावना भएका नेताहरूमा मोरङका लिलाबल्लभ अधिकारी, सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, सुनसरीका रामप्रसाद मेहता र धनकुटाका निरन राई छन् ।
यसअघि एमालेबाट तिलकुमार मेन्याङ्बो, पिके राई, एकराज कार्की, सिर्जना राई मन्त्री भइसकेका छ्न् ।