आवरउदयपुर,अशोज ७ ।कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेलाई सरुवा गर्ने प्रस्ताव आफ्नो नरहेको बाएका छन् ।

नक्कल भुटानी शरणार्थी प्रकरणका आरोपीलाई थुनामा पठाउने आदेश दिने न्यायाधीश न्यौपानेलाई रुकुममा सरुवा गरिएको थियो ।

न्यायाधीश सरुवामा न्याय परिषद्को सचिवालयले प्रस्ताव तयार पारी पेश गर्ने र परिषद्‍बाट निर्णय हुने विधि, प्रक्रिया र अभ्यास रहेको मन्त्री गुरुङको सचिवालयले निकालेको विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयको जिम्मेवारीमा आउनु भन्दाअघि देखि नै भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि गुरुङले आवाज उठाउँदै आएको उनका स्वकीय सचिव प्रेम केसीले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय