आवरउदयपुर,अशोज ३ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो कार्यशैली सच्याउन चेतावनी दिएका छन् ।
आफ्नो समूहको बैठकको भोलिपल्ट आज सभापति देउवालाई भेटेर उनले देउवालाई अहिलेको कार्यशैलीलाई सुधार गर्न चेतावनी दिएका हुन् ।
उनी उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियारसंगै सभापति देउवालाई भेट्न धुम्बाराही पुगेका थिए ।
त्यसक्रममा उनीहरुले कोशी प्रदेश, सरकारको प्रभावकारिता, सभापतिका निर्णय प्रक्रिया, संसदीय समितिको सभापति चयन, भ्रातृ संस्थाका पदाधिकारी तथा सदस्य चयनमा भएको मनोमानीप्रति असन्तुष्टि व्यक्त गरे ।
शेखरले अहिलेको कार्यशैलीमा सुधार नगरे आफूहरु आफ्नै तरिकाले अघि बढ्ने चेतानी दिएका छन् । प्रतिउत्तरमा सभापति देउवाले सबैलाई मिलाएर जाने जवाफ दिएका थिए ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक ४ असोजमा सुरु हुँदैछ । उक्त बैठअघि शेखर–गगन पक्षले देउवालाई चेतावनीसहित सचेत गरका हुन् ।