आवरउदयपुर,अशोज २ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदिप पौडेल शेखर कोइरालाले बोलाएको गुटको बैठकमा सहभागी नहुने भएका छन् ।

कोइराला आज दिउँसो २ बजे आफ्नो सम्पर्क कार्यालयमा आफू पक्षीय पदाधिकारी केन्द्रीय सदस्यको बैठक बोलाएका छन् । उक्त बैठकमा सहभागिताका लागि कोइरालाको सचिवालयले महामन्त्री शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पहिलो पटक समूहको बैठकमा आमन्त्रण गरेको थियो ।

१४ औँ महाधिवेशनमा नेता प्रकाशमान सिंहको ‘प्यानल’ बाट शर्माले महामन्त्री जित्दा सभापति शेरबहादुर देउवाको प्यानलबाट पौडेल महामन्त्रीमा प्रतिस्पर्धामा उत्रिएका थिए ।

संसदीय दलको नेतामा सभापति देउवाविरुद्ध उभिएका महामन्त्री थापालाई शर्मा र पौडेल दुवैले साथ दिएका थिए । तर, महामन्त्री शर्मा इतर पक्षको बैठकमा सहभागी नहुने उनी निकट स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय