आवरउदयपुर, अशोज १ ।
पूर्वमन्त्री प्रभु साह नेतृत्वको आमजनता पार्टी (आजपा)का केन्द्रीय शेख एकरामुल नेकपा एमालेमा प्रवेश गरेका छन्।

रौतहट गुजरा नगरपालिकाका मेयर प्रत्याशी समेत रहेका एकरामुल पार्टी परित्याग गरी नेकपा एमाले मा प्रवेश गरेका हुन्।

सोमवार एमाले जिल्ला पार्टी कार्यालय गौरमा एक कार्यक्रमका बिच एकरामुललाई एमाले केन्द्रीय सदस्यद्धय रेखा झा र अजय गुप्तासहितका नेताहरुले स्वागत गरे ।

गत स्थानीय तहको निर्वाचनमा गुजरा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसले टिकट नदिएपछि उनी प्रभु साहको पहलमा एमाले पार्टी प्रवेश गरी एमालेको टिकटबाट मेयर पदमा चुनाव लडेका थिए।

तर प्रभुले नयाँ पार्टी बनाएपछि उनी पनि उनकै पछि आजपामा सहभागी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर