आवरउदयपुर,भदौ ३१ ।
नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले प्रचण्ड नेतृत्वको सरकार पाँच वर्षसम्म जानसक्ने बताएका छन् ।
आज (आइतबार) चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सत्ता गठबन्धनमा सामान्य खटपट भए पनि सरकार परिवर्तनको सम्भावना नरहेको बताएका हुन् ।
‘मेरो दृष्टिकोणले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार पाँच वर्षसम्म जान सक्छ,’ उनले भने, ‘सामान्य खटपटले सरकार परिवर्तन हुँदैन ।’ उनले देशको विकासका लागि सरकारको स्थायित्व आवश्यक रहेको समेत बताए ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको तिक्तताका कारण प्रचण्ड पुनः एमालेसँग मिल्न जान सक्ने अवस्था नभएको उनले जिकिर गरे ।
साथै उनले सम्भावना नेपालमा धेरै कुराको हुने भन्दै अब कांग्रेस एक्लै हिँड्नुपर्ने बताए ।