आवरउदयपुर भदौ २९
नेकपा (एमाले)ले संविधान सभाका अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको स्मृतिमा देशका सातवटै प्रदेशमा विचार गोष्ठी गर्ने भएको छ ।

महासचिव शंकर पोखरेलको अध्यक्षतामा शुक्रबार बसेको पार्टी कार्यालय बैठकले आगामी असोज २ गते सातै प्रदेशमा विचार गोष्ठीको आयोजना गर्ने निर्णय गरेको हो ।

‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीमा विभिन्न राजनीतिक दलका नेताहरूलाई पनि अतिथि र वक्ताका रूपमा आमन्त्रण गरिने एमालेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर