आवरउदयपुर भदौ २८
प्रहरीले बरामद गरेको करिब एक किलो सुन प्रकरणमा तरुण दलका कांग्रेसको युवा संगठन नेता विकास लामाको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।
मलद्वारमा लुकाएर दुबईबाट हिमालयन एयरलाइन्समार्फत मंगलबार सुनसहित प्रहरीले काभ्रेको खानीखोला गाउँपालिका–३ का बाबुलाल दोङलाई पक्राउ गरेको थियो । सोही सुन तस्करी प्रकरणमा लामाको नाम जोडिएको हो ।
सुनका भरिया दोङलाई पच्छ्याउँदै जाँदा सुन लिन आउने काभ्रेको रोशी गाउँपालिका–३, घट्टेखोलाका जगत लामा र महाभारत गाउँपालिका–३, सानोपोखरा घर भई बनेपा बस्दै आएका दोर्जे स्याङ्तान पक्राउ परेका थिए ।
उनीहरुको बयानबाट काभ्रेका विकास लामाको संलग्नता पनि खुलेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोद ढुंगेलले बताए ।
उनी ज्यान मार्ने उद्योगमा ३ वर्ष जेल बसेर भीमफेदी कारागारबाट छुटेका थिए । उनी मोटसाइकल चोरीको अभियोगमा पनि पक्राउ परेका थिए ।