आवरउदयपुर भदौ २७ नेकपा ९एकीकृत समाजवादी० का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संघीयताको प्रयोग सफल हुन नसके खारेज हुनसक्ने बताएका छन् ।
जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले यस्तो बताएका हुन् । उनले संघीयता अझै प्रयोगकै चरणमा रहेको बताए ।
‘संघीयताको भविष्यलाई लिएर अहिले नै कुनै निर्णयमा पुग्ने स्थिति छैन,’ उनले भने, ‘भविष्यमा यसको प्रयोग सफल हुन नसके देशबाट खारेज पनि हुनसक्छ ।’
नेता खनालले संघीयतालाई आम जनता र मुलुकका लागि कसरी फलदायी हुनसक्छ भन्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।
यस्तै उनले सम्पूर्ण वामपन्थी शक्तिहरु मोर्चामा आबद्ध हुनसक्ने बताउँदै खनालले साझा धारणा नबनेसम्म मोर्चाबद्ध हुन सम्भव नरहेको बताए ।