आवरउदयपुर,भदौ २७ ।
उदयपुरको रौतामाई गाउँपालिका र त्रियुगा नगरपालिकामा सामाजिक संघसंस्थाले गरेका कृयाकलापको स्थलगत अनुगमन गरिएको छ ।
वल्र्ड भिजनको सहयोगमा मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक) र जाल्पा एकिकृत विकास समाज (जिडस)ले जिल्लामा सञ्चालन गरेका चार परियोजनाको स्थलगत अनुगमन गरिएको हो । अनुगमन लगत्तै जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिको बैठक बसी परियोजनाका बारेमा जानकारी दिइएको छ ।
जिल्लास्थित सरोकारवाला निकाय, बिषयगत कार्यालय र सञ्चारकर्मीको टोलीले हुरेण्डेकले सञ्चालन गरेको एकिकृत पोषण तथा उत्थानशिल जीविकोपार्जन र उज्वल बालबिकासका लागि सकारात्मक अभिभावकत्व परियाजनाको अनुगमन गरेको हो ।
त्यसैगरी जिडसले सञ्चालन गरेको संरक्षण, समुदाय संलग्नता वाल स्पोंसरशिप र सामना परियोजनाको अनुगमन गरिएको हो । जिल्लाका ६ वटा स्थानीय तह त्रियुगा र कटारी नगरपालिका, रौतामाई, ताप्लि, उदयपुरगढी र लिम्चुङ्गबुङ्ग गाउँपालिकाका १७ वटा वडामा परियोजना सञ्चालमा रहेको हुरेण्डेकका अध्यक्ष शंकरबहादुर थापाले बताए ।
त्यसमध्ये त्रियुगाको वडानं १५ खाँबु र रौतामाईको वडानं ४ र ६ मा परियोजनाका उपलब्धि, समस्या, भएका प्रयास, गरिएका कृयाकलापको टोलीले अनुगन गरेको उनले बताए । संस्थाले कृषि, पशु, स्वास्थ्य, शिक्षा, खानेपानी, रुपान्तरण लगायतका क्षेत्रमा काम गर्दै आएको छ । सोही अन्र्तगत स्वास्थ्य चौकी खाँबुलाई गरिएका सहयोग, स्थानीय रुद्रबहादुर राई, रौतामाई ६ का अम्बरबहादुर मगरलाई व्यवसायिक बाख्रापालनका लागि खोर निर्माणमा गरिएको जस्तापाता सहयोग, सिचाई पोखरी निर्माण, बालमैत्री वडा घोषणामा पुरा भएका सुचकको जानकारी र अन्र्तक्रिया, सरस्वति माध्यमिक बिद्यालय मालमासेमा निर्माण गरिएको दुई कोठे पक्की भवन र त्यसमा उपलब्ध गराइएको ल्यापटप, कम्पयुटर लगायतका प्रविधिको अनुगमन गरिएको अध्यक्ष थापाले बताए ।
त्यसैगरी वल्र्ड नेर्वसको साझेदारीमा हुरेण्डेकले सञ्चालन गरेको नेपाल एकिकृत ग्रामिण विकास परियोजना अन्र्तगतका क्रियाकलापको अनुगमन गरिएको छ । संस्थाले चार स्थानीय तह बेलका, त्रियुगा, कटारी नगरपालिका र रौतामाई गाउँपालिका सामान्य परिवारलाई लक्षित गरि सञ्चालन गरिएको परियोजनाको अनुगमन गरिएको कार्यक्रम संयोजक बिनु सुबेदीले बताईन् ।
भोक, गरिवी र रोग विरुद्ध दिगो समाधान खोज्न र स्वस्थकर वातावरण निर्माण गर्न अभिप्रेरित गर्ने उदेश्यले सञ्चालित परियोजना अन्र्तगत लक्षित समुदायले गरेका विभिन्न प्रकारका करेसाबारी तरकारी खेती, गोठ सुधार, सुधारिएको चुल्हो, खेर गएको पानीको सदुपयोग, वातावरण मैत्री शौचालय, कम्पोष्ट मल उत्पादन, स्थानीय स्रोतसाधनको प्रयोग लगायतका गतिविधीको अनुगमन गरिएको उनले बताईन्
वल्र्डभिजनको सहयोगमा हुरेण्डेकले कुपोषित बालबालिकालाई सुपोषित बनाउने लक्ष्यकासाथ कार्यक्रम अघि सारेको परियोजना संयोजक विकल सुबेदीले बताए । आमा तथा बालबालिकाको पोषण अवश्थामा सुधार, बालबालिका संक्रमण र रोगबाट सुरक्षित रहने, खाद्य सुरक्षा र पोषणमा परिवारको पहुँच बढाउने र परिवारको आयश्रोत, खाद्य सुरक्षा र उत्थानशिल सुधार गर्ने परियोजनाको उदेश्यलाई परिपुर्ति गर्ने गरी कृयाकलाप अघि बढाइएको उनले बताए ।
चार वटा मोडल सकारात्मक झुकाव सामुहिक चुल्हो, नागरिक आवाज र कर्तव्य, सुरक्षित जीविकोपाजर्न निर्माण र अति विपन्न परिवारको समुत्थानको क्षेत्रमा कृयाकलाप अघि सारिएको उनले बताए । स्वास्थ्य तथा पोषण सुधार अन्र्तगत पीडिहर्थमा १ सय ६० वटा सकारात्मक झुकाव सामुहिक चुल्हो कार्यक्रम संचालन गरी एक हजार ७३ कुपोषित बालबालिकालाई समावेश गरी १ सय ६७ सुपोषित र ६ सय ८३ बालबालिकाको औषत तौलमा बृद्धि भएको उनले बताए ।
त्यसैगरी स्वास्थ्यचौकीमा डेलिभरी वेड, अति आवश्यक विपी, नेवुलाईजर, डेलिभरी सेट, छानो छाउने, चार वटा खानेपानी आयोजनामार्फत १ सय ६१ परिवार लाभान्वित भएको, क्षमता अभिबृद्धीका कार्यक्रम गरिएको उनले बताए । अध्यक्ष थापाका अनुसार २ सय ८६ अतिविपन्न परिवारलाई व्यवसाय गर्न बाख्रा, वंगुर, खोरसुधारका लागि जस्तापाता, सिमेण्ट, प्लाष्टिक टनेला सहयोग गरिएको छ ।
विजनेस रिकोभरी सहयोग अन्र्तगत १ सय ६४ परिवारलाई जस्तापाता, हिलट्यांकी, ईरिगेसन पाईप, विउविजन, टनेल, फ्रिज लगायतका सामग्री उपलब्ध गराइएको उनले बताए । त्यस्तै कार्यक्षेत्रका १३ वटा वडामा विपद् व्यवस्थापनका लागि आवश्यक पुर्वतयारी सामग्री सहयोग, सिपमुलक तालिम टेलिरिङ्ग ४२, हाउस वाईरिङ्ग २२, प्लम्बिङ्ग १३ जनालाई ३ सय ९० घण्टे तालिम प्रदान गरिएको संयोजक सुबेदीले बताए ।
लेगो कार्यक्रम अन्र्तगत बालबालिकालाई खेलकुद सामग्री, सहजकर्तालाई खेलौना निर्माण तालिम लगायतका कृयाकलाप गरिएको उनले बताए । त्यसैगरी जिड्सले सञ्चालन गरेको परियोजनामा बालबालिकालाई रमाएर सिक्ने सिकाउने गरी ५ वटा वडामा बालमैत्री स्रोत केन्द्र स्थापना, बालविवाह रोकथाम अभियान, किशोर किशोरीलाई हुन सक्ने सम्बाभित जोखिम, दुव्र्यवहार न्युनिकरण गर्न ५ सय ६० जनालाई आत्मरक्षा तालिम प्रदान गरिएको अध्यक्ष पुष्पराज पोखरेलले बताए ।
सन्देशमुलक बालभित्ते पत्रिका प्रकाशन, बालमैत्री स्थानीय शासन वडा घोषणा अभियान, नयाँ पाठ्यक्रम अनुसार पठ्नपाठ्न गराउन ५६ जना शिक्षकलाई तालिम, ट्युसन कार्यक्रम रहेको उनले बताए । परियोजना संचालन भए यता उदयपुरगढी गापा १, रौतामाई गापा २ र ४ लाई वालमैत्री स्थानीय शासन घोषणा गरिएको, वडादेखि पालिकासम्म बालबालिका लक्षित वजेट तर्जुमा र योजना माग गर्न संक्षम भएको उनले बताए ।
त्यसैगरी रौतामाई गापामा बालबालिका सम्बन्धि रणनीति २०८० र बालविवाह अन्त्य सम्बन्धि नीति २०८० निर्माण गरी लागु गरिएको, बालबालिका लगानी योजना र बाल प्रोफाइल तयार गरिएको परियोजना संयोजक शैलेन्द्र चौधरीले बताए ।
परियोजना सल्लाहकार समितिको बैठकमा जिल्ला समन्वय समितिका प्रमुख गौरबहादुर विकले परियोजनालाई प्रभावकारि बनाउन स्थानीय तहसँग समन्वय गरी अघि बढाउन आग्रह गरे । उनले सरकारको उपस्थिति नभएको ठाउँमा गैससको उपस्थितिले सामाजिक जीवनमा परिवर्तन आएको बताए ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले परियोजनाले जनताको जीविकोपार्जनमा महत्वपूर्ण भुमिका निर्वाह गरेको बताए । उनले परनिर्भरता नभई आत्मनिर्भरता तर्फ परियोजनाले अग्रसर बनाएको बताए । कार्यक्रममा जिल्लास्थित सरोकारवाला निकाय, बिषयगत शाखाका प्रतिनिधिहरुले कार्यक्रम सम्बन्धि सुझाब सल्लाह दिएका थिए ।