आवरउदयपुर,भदौ २४ ।
नेपाली कांग्रेसका नेता शशांक कोइरालाले कोशी प्रदेश सरकारमा मिलेर जानुपर्ने बाध्यता रहेको बताएका छन्।

प्रेस युनियन ले रामेछापमा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता कोइरालाले कोशीमा सबै दलहरू मिल्नुको विकल्प नभएको पनि बताए।

उनले कांग्रेस अन्तिममा एक्लै हिँड्नुपर्ने भएपनि अहिले कोशीमा मिलेर जानुपर्ने अवस्थामा रहेको बताए । दलहरूबीच छलफल र संवाद नहुँदा राजनीतिमा पटकपटक सर्वोच्च अदालत बीचमा आउने उनले बताए।

कोइरालाले पछिल्लो समय कांग्रेसमा देखिएको चरम गुटबन्दी रोक्ने सामार्थ्य आफूमा मात्र भएको बताउँदै उनले भने, ‘गुट रोक्न नसके कांग्रेस अझै संकटमा पर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर