आवरउदयपुर,भदौ २२ । राष्ट्रियसभाको बैठक अनिश्चित कालका लागि स्थगित भएको छ ।

आइतबार बिहान ११ बजेका लागि बोलाइएको राष्ट्रियसभा बैठक स्थगित भएको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

उनले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए । यसअघि बैठक १८ गते बसेको थियो ।

उक्त बैठकमा विधायन समितिले पेस गरेको संविधानअनुसार बन्न बाँकी कानूनहरूको अध्ययन प्रतिवेदन, २०८० माथि सदस्यहरूले छलफल गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर