आवरउदयपुर,भदौ २२ ।
नेपाल समाजवादी पार्टी (नेसपा)का नेता मानुषी यमी भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी छन् ।

मानुषीले शुक्रबार गत बुधबार साँझ भएको भेटको तस्वीर राख्दै ओलीसंग भेट गरेको जानकारी दिएकी हुन् । उनीसँगै जेकेन्द्र श्रेष्ठ पनि सहभागी थिए ।

उनले भेटमा ‘समसामयिक राजनीतिक विषय’मा छलफल भएको बताइन् ।

उनका अनुसार भेटमा अध्यक्ष ओलीले नेपालको राजनीतिको विगत र वर्तमानको अवस्थाबारे बताएका थिए ।

करिब दुई घण्टा लामो भेटमा ओलीले मुलुकमा बलियो राष्ट्रिय शक्ति बनाउनुपर्ने बताएको भट्टराईले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर