आवरउदयपुर,भदौ २१ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा परेकाहरुले थुनामुक्त हुन उच्च अदालत पाटनमा दिएको निवेदनमाथिको सुनुवाइ स्थगित भएको छ ।
कानून व्यवसायीहरुको निवेदनका आधारमा थुनामा परेका आरोपितहरुको सुनुवाइ स्थगित भएको हो ।
आरोपितहरुले दिएको निवेदन न्यायाधीशहरु सुभाष पौडेल र दीपेन्द्र अधिकारीको इजलासमा परेको थियो ।
नक्कली शरणार्थी प्रकरणमा मुछिएर जिल्ला अदालत काठमाडौंको आदेशले थुनामा परेका १६ जना नै त्यो आदेश बदर हुनुपर्ने माग राखी उच्च अदालत गएका थिए ।
छरौटीमा छुटेका दुई जनालाई थुनामा राख्नुपर्ने भनी सरकारी वकिलको कार्यालयले पनि निवेदन दिएको छ ।
सो निवेदन पनि आज सुनुवाइ नभएको उच्च अदालतले जनाएको छ ।