आवरउदयपुर,भदौ १९ ।
नेकपा (एकीकृत समाजवादी)ले १५ दिने मेची–महाकाली अभियान चलाउने भएको छ ।

पार्टी पङ्क्तिलाई क्रियाशील बनाउने उद्देश्यसहित समाजबादीले मेची महाकाली अभियान चलाउने निर्णय गरेको हो । केन्द्रीय कमिटीले गरेको उक्त निर्णयलाई सोमबार बसेको सचिवालय बैठकले कार्यतालिकासहित अनुमोदन गरेको छ ।

सचिवालय बैठकले आगामी असोज १४ गतेदेखि २९ गतेसम्म मेची महाकाली अभियान चलाउने निर्णयसहितको प्रस्ताव पनि पारित गरेको छ ।

सम्मानित नेता झलनाथ खनालका अनुसार अभियान मेचीबाट सुरु गरेर महाकालीमा समापन गर्ने तयारी छ । एकीकृत समाजवादीका नेताहरूका अनुसार अभियानमा सचिवालयका अधिकांश नेताका साथै १ सयभन्दा बढी नेता कार्यकर्ता अभियानभर सहभागी दाबी गरिएको छ ।

सचिवालय बैठकले माघ १४–१८ मा हुने महाधिवेशनको केही तालिका समेत तय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय