![](http://ourudayapur.com/wp-content/uploads/2023/09/Kushal-Bhurtel.jpg)
आवरउदयपुर,भदौ १८ ।
एसिया कपमा नेपालले पहिलो विकेट गुमाएको छ । टेष्ट राष्ट्र भारतविरुद्ध राम्रो सुरुवात गरहेको नेपालको ९.५ ओभरमा कुशल भुर्तेलको आउट भए ।
कुशल २५ बलमा ३८ रन बनाएर आउट भएका छन् । ९।५ ओभरको खेल सकिँदा नेपालले एक विकेट गुमाएर ६५ रन जोडेको छ ।
ओपनर आसिफ शेख २२ रनका साथ क्रिजमा छन् भने उनलाई साथ दिन भीम सार्की आएका छन् ।