आवरउदयपुर,भदौ १५ ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनका लागि फेरि अर्कै मोर्चा बन्ने बताएका छन् ।

शुक्रबार पोखरामा आयोजित मोर्चाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अहिले बनेको समाजवादी मोर्चा निर्वाचनका लागि गठन नभएको प्रष्ट पार्दै उनले निर्वाचनका लागि अर्को मोर्चा बन्ने बताए ।

‘समाजवादी मोर्चा निर्वाचनका लागि होइन । निर्वाचनका लागि अर्कै मोर्चा बन्छ,’ उनले भने, ‘समाजबादी मोर्चा नयाँ क्रान्ति र नयाँ अभियानका लागि गठन भएको हो ।

समाजबादी मोर्चा गठनमा कुनै पार्टीगत र व्यक्तिगत स्वार्थ नभएको भन्दै उनले सम्पूर्ण वामपन्थी तथा समाजवादी विचारधाराहरूलाई एक ठाउँमा आउन आग्रह गरे ।

अध्यक्ष प्रचण्डले समाजवादी मोर्चा नयाँ विचार, दर्शन र सिद्धान्तको आधारमा नयाँ एकता भएको जिकिर गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर