आवरउदयपुर, भदौ १४

विश्वमै पहिलो पटक अस्ट्रेलियाकी एकजना महिलाको मस्तिष्कमा जिउँदो जुका भेटिएको छ ।

मस्तिस्कमा ८ सेन्टिमिटर लामो तारजस्तो जुका भेटिएको वैज्ञानिकहरूले बताएका छन्। उक्त जुका ती महिलाको टाउकोको शल्यक्रिया गरेर गत वर्ष निकालिएको हो।

मस्तिष्कमा जिउँदो जुका भएकी ती महिलामा अस्वाभाविक लक्षणहरू देखिएका थिए। उनलाई पेट दुख्ने, खोकी लाग्ने र रातको समयमा पसिना आउने जस्ता समस्या देखिएका थिए।

उनमा बिस्तारै बिर्सँदै जाने र डिप्रेसनका लक्षणहरू पनि देखिएका थिए। रातो रङ्गको उक्त परजीवी ती महिलाको मस्तिष्कमा दुई महिनादेखि बसिरहेको हुन सक्ने चिकित्सकहरूले ठानेका छन्।

अनुसन्धानकर्ताहरूले यो घटनाले जनावरबाट मानिसहरूमा रोग र सङ्क्रमणहरू सर्ने खतरा बढेको सङ्केत गरेको बताएका छन्।

जुका निकाल्दा शल्यक्रिया कक्षमा रहेका सबैजना झस्किएको क्यानबरा अस्पतालका सङ्क्रामक रोगसम्बन्धी डा सञ्जय सेनानायकले बताए ।

उनका अनुसार यो नयाँ सङ्क्रमण यसअघि मानव जातिमा भेटिएको अभिलेख छैन ।

अस्ट्रेलियामा पाइने ‘कार्पेट पाइथन’ नामक एक प्रकारको सर्पमा यस्ता जुकाहरू प्रायःजसो पाइने चिकित्सकहरू बताउँछन्।

वैज्ञानिकहरूका अनुसार तालको छेउमा बस्ने ती महिलाले ताल वरपरको हरियो सागसब्जी खाने क्रममा जुका उनको मस्तिष्कमा पुगेको आशंका गरेका छन् ।

ती महिला सन् २०२१ को ज्यानुअरी अन्तिममा अस्पतालमा भर्ना भएकी थिइन्। अस्पतालमा गरिएको स्क्यानका क्रममा मस्तिष्कको अघिल्लो भागमा अस्वाभाविक घाउ देखिएको थियो।

उनी बिरामी पर्नुको रहस्य सन् २०२२ को जुनमा बायोप्सीका लागि चिकित्सकले छुरा चलाएपछि मात्रै खुलेको थियो।

चिकित्सा विज्ञानमा नयाँ इतिहास बनाएकी उनको स्वास्थ्यमा राम्रो सुधार भइरहेको बताइएको छ।

पछिल्ला ३० वर्षमा ३० प्रकारमा नयाँ सङ्क्रमण देखापरेका छन्। तीमध्ये तीन चौथाइ रोग जनावरबाट मानिसमा सरेका सङ्क्रमणका कारण भएका छन्। बीबीसीको सहयोग

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय