आवरउदयपुर,भदौ १२ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानका क्रममा प्रधानमन्त्री नै आए पनि छोड्न आवश्यक नभएको बताएका छन् ।

संसदमा मंगलबार भएको प्रश्नोत्तरमा सांसद असिम शाहले सोधेको प्रश्नको उत्तरमा बोल्दै उनले यस्तो बताएका हुन् ।

दबाबरहित निष्पक्ष छानबिन अगाडि बढाएकै कारण सुशासन सम्भव भएको भन्दै उनले कसैलाई बचाउने वा अफ्ठ्यारोमा पार्ने नियतले काम नगरिएको बताए ।

‘यदि अनुसन्धानका क्रममा प्रधानमन्त्री नै आउँछ भने छोड्न आवश्यक छैन’ उनले भने, ‘दोषी कोही नछुटोस्, निर्दोष कोही नपरोस् भनेर काम गरिरहेको छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय