आवरउदयपुर,भदौ १२ ।
विवेकशील साझा पार्टीको बागमती प्रदेश अध्यक्षमा अजित खड्का चयन भएका छन्।

पार्टीको बागमती अधिवेशनबाट खड्काको नेतृत्वमा १३ सदस्यीय प्रदेश समिति चयन भएको हो। समितिको उपाध्यक्षमा डिजेन बस्नेत, सचिवमा शकिल अहमद र कोषाध्यक्षमा दिलकुमार केसी चयन भएका छन्।

त्यस्तै, प्रदेश सदस्यमा प्रेमप्रसाद वस्ती, आशिष कार्की, पूर्णलाल श्रेष्ठ, वैकुण्ठ दाहाल, शारदा लक्ष्मी प्रधान, मधुसुदन कार्की, नरेन्द्र श्रेष्ठ, अशोक अधिकारी र भुषणकुमार श्रेष्ठ चयन भएको प्रदेश निर्वाचन आयोगका प्रमुख शंकर बञ्जाडेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर