आवरउदपुर,भदौ ११ ।
क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्न पाकिस्तान गएका छन् । सन्दीप सोमबार बिहान कतार एयरवेजको उडानमार्फत पाकिस्तान गएका हुन् ।

उनले सामाजिक सञ्जाल ट्विटर (एक्स)मा विमान चढेको तस्बिर राख्दै एसिया कपका लागि उत्साहित भएको बताएका छन् । सन्दीपले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङको सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन् ।

नाबालिग बलात्कारको मुद्दा खेपिरहेका सन्दीपविरुद्धको मुद्दामा आइतबार पेसी थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार पण्डितको इजलासमा हेर्न नभ्याइने भएपछि मुद्दाको पेसी भदौ २१ गतेसम्मलाई सरेको छ ।

एसिया कपमा नेपालले पहिलो खेल बुधबार पाकिस्तानसँग खेल्दै छ । यस्तै, दोस्रो खेल भने भारतविरुद्ध १८ गते रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय