आवरउदयपुर,भदौ ९ ।
नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालमा दीपक मनाङेको नेतृत्वमा समानान्तर बैठक बसेको छ ।

संघका अध्यक्ष नरेश शाहीको नेतृत्वमा कालोपुलस्थित रत्न हलमा सचिवालय बैठक चलिरहँदा उपाध्यक्ष नितेश पौडेलको नेतृत्वमा नयाँ बानेश्वरस्थित अर्याल होटलमा पनि बैठक बसिरहेको छ ।

अध्यक्ष शाही र महासचिव दीपक जिएम सहितको कालोपुल बैठकले कृष्णकुमार विश्वकर्मालाई संयोजक बनाउने तयारी गरेको छ । त्यो बैठक पार्टी उपमहासचिव एवम् मोर्चा फाँट इन्चार्ज विजय पौडेलको नेतृत्वमा चलिरहेको छ ।

बानेश्वर बैठकको नेतृत्व भने दीपक मनाङेले गरिरहेका छन् । यो बैठकबाट उपाध्यक्ष पौडेलकै नेतृत्वमा युवा संघको नयाँ नेतृत्व घोषणा गर्ने तयारी छ । पौडेल पार्टी अध्यक्ष माधवकुमार नेपालका स्वकीय सचिवसमेत हुन् ।

एकीकृत समाजवादीले सचिवालय बैठकबाट संयोजक र महासचिव रहने गरी नयाँ नेतृत्व घोषणा गर्न युवा संघलाई निर्देशन दिएपछि समानान्तर नेतृत्व घोषणा हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय