आवरउदयपुर,भदौ ७ ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतविरुद्धको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको छ ।
पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले बुधबार मुख्यमन्त्री थापालाई पदबाट बर्खास्त गरेर आफूलाई मुख्यमन्त्री बनाउन परमादेश जारी गर्नुपर्ने मागसहित पुनः रिट निवेदन दर्ता गराएका थिए ।
उनले सभामुखको हैसियतमा रहेका सभाध्यक्षको मत प्रयोग गरेर असंवैधानिक काम गरिएको दाबी गरेका छन् ।