आवरउदयपुर, भदौ ५ ।
नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले २०४६ सालभन्दा अघि र पछिका सबै उच्चपदस्थ व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न माग गरेका छन् ।

मंगलबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद पन्थले हालसम्मका सबै उच्च पदस्थ व्यक्ति, कर्मचारी, पदाधिकारी, जनप्रतिनिधि, सांसद, मन्त्री, प्रधानमन्त्री सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका हुन् ।

उनले संविधान र व्यवस्था ठिक छैन भन्ने भाष्यका साथ ०४६ सालपछिका व्यक्तिहरुको सम्पति छानविन गर्ने माग गरिएको भन्दै उनले ०४६ सालभन्दा अगाडिका पनि सबैको सम्पत्ति छानबिन हुनुपर्ने बताए ।

सांसद पन्थले संविधान र व्यवस्था ठिक छैन भन्ने भाष्य अन्त्य गर्नका लागि पनि सबैको सम्पत्ति छानबिन गर्नु आवश्यक रहेको बताए । उनले ०४६ अघिको व्यक्ति र व्यवस्था ठिक नभएर नै परिवर्तन गर्नुपरेको उल्लेख गर्दै त्यस अघिका पनि सबैको छानविन हुनुपर्ने उहाँले माग गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय