आवरउदयपुर, भदौ ५ ।
नेपाली कांग्रेसका मन्त्रीहरु छुट्टै सामूहिक छलफलमा जुटेका छन् । सिंहदरबारस्थित रक्षा मन्त्रालयमा कांग्रेस ९ मध्ये आठ जना मन्त्री सामूहिक छलफलमा बसेका हुन् ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्व भइरहेको छलफलमा कानुनमन्त्री धनराज गुरुङ, परराष्ट्रमन्त्री एनपी साउद, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, सहरी विकास मन्त्री सीता गुरुङ, खेलकुदमन्त्री डिगबहादुर लिम्बू र महिला तथा बालबालिका मन्त्री सुरेन्द्र आचार्य सहभागी छन् ।

अर्थमन्त्री प्रकाशशरण महत क्यानडामा रहेकाले छलफलमा सहभागी छैनन् । छलफल समसामयिक राजनीतिक विषय र कानुन निर्णयका विषयमा केन्द्रित रहको बताइएको छ ।

प्रकाशित मिति: ५ भाद्र २०८०, मंगलबार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय