आवरउदयपुर,भदौ ३ ।
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रतिनिधिसभा बैठक अवरोध हुनुमा सत्ता पक्ष र प्रतिपक्ष दुवै दोषी रहेको बताएका छन् ।

संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उनले संसद अवरोध हुनुमा दुवै पक्षको कमजोरी रहेको बताए । उनले संसद तत्काल सुचारु गराउनका लागि संयोजनकारी भुमिका निर्वाह गर्न सरकारसँग आग्रह समेत गरे ।

उनले सदन चलाउने कुरा देश र जनताका लागि आवश्यक भएकाले त्यस्ता कुरामा राजनीतिक दलहरुले अडान लिन नहुने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर