आवरउदयपुर,भदौ २ ।
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबारबाट संसदको अवरोध हट्ने बताएका छन् ।
आव (शनिबार) स्व. रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा श्रद्धाञ्जली अर्पण गर्न पुगेका प्रधानमन्त्री दाहालले सञ्चारकर्मीसँगको कुराकानीमा यस्तो बताएका हुन् ।
उनले संसद गतिरोध अन्त्यका लागि आफूले निरन्तर प्रयास भइरहेको र आज पनि प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल गरेर संसद गतिरोध खुलाउन प्रयास गर्ने बताए । उनले आइतबार संसद सुसञ्चालन हुनेमा आशावादी रहेको बताए ।