आवरउदयपुर,भदौ २ ।
नेकपा (एमाले)ले पार्टीका केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ ।

एमालेले बाग्मती प्रदेशको इञ्चार्जमा गुरू बराल र सामाजिक सेवा विभागको प्रमुखमा झपटबहादुर बोहरालाई जिम्मेवारी दिइएको छ ।

काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यलाई काठमाडौंको तारकेश्वर नगरपालिका र टोखा नगरपालिकाको इञ्चार्ज तोकिएको छ ।

केन्द्रीय सदस्यको जिम्मेवारीमा रहनुभएका केशव स्थापित र प्रमोदनारायण यादवलाई पदमुक्त गरिएको एमालेको अन्तर पार्टी निर्देशन (अपानि) मा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर