आवरउदयपुर,भदौ १ ।
नेकपा माओवादी केन्द्रले दुई जना केन्द्रीय सदस्य थप गरेको छ ।

माओवादी केन्द्रीय कार्यालय स्रोतका अनुसार पूर्ण केन्द्रीय सदस्यमा बाबुराम गौतम (ओखलढुंगा) र अशोक कुमार मण्डल ‘अमर’ (सप्तरी) लाई थप गरिएको छ ।

गौतमले कोशी प्रदेश सभामुखबाट राजीनामा दिएसँगै माओवादीले केन्द्रीय सदस्य बनाएको हो । यस्तै मण्डल यादव जनयुद्धकालीन नेता हुन् ।

यससँगै माओवादी केन्द्रीय सदस्य संख्या ४११ पुगेको छ । गत साउन १७ देखि २१ सम्म बसेको केन्द्रीय समिति बैठकमा विधान संशोधनपछि पार्टीले २४ जना केन्द्रीय सदस्य थप गरेको थियो ।

यसैगरी नेपाल राष्ट्रिय प्राध्यापक संगठनको सह–इञ्चार्जमा केन्द्रीय सदस्य शिवराम यादवलाई जिम्मेवारी दिइएको छ । यसैगरी स्थायी समिति सदस्य अमृता थापालाई गण्डकी प्रदेशबाट बागमती प्रदेशमा स्थानान्तरण गरिएको छ ।

यस्तै केन्द्रीय सदस्य तारा घर्ती मगर र केन्द्रीय सदस्य अञ्जु दहितलाई लुम्बिनी प्रदेशबाट बागमती प्रदेशमा, केन्द्रीय सदस्य शिव बहादुर बस्नेतलाई सम्पर्क समन्वय प्रदेशबाट कोशीमा, केन्द्रीय सदस्य करुणा बस्नेतलाई कोशीबाट सम्पर्क समन्वय प्रदेशमा, वैकल्पिक केन्द्रीय सदस्य पदमराज जोशीलाई सुदूरपश्चिम प्रदेशबाट सम्पर्क समन्वय प्रदेशमा र वैकल्पिक केन्द्रीय सदस्य पुष्प न्यौपानेलाई सुदूरपश्चिम प्रदेशबाट बागमती प्रदेशमा स्थानान्तरण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय