आवरउदयपुर,भदौ १ ।
संसदको जारी अवरोध खुलाउने विषयामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सभामुख घिमिरेले सदनको जारी अवरोध खुलाउन प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराए । उनले संसद अवरुद्ध हुँदा प्राकृतिक विपत्तिलगायत जनचासोका विषयमा बोल्न नपाएको गुनासो सांसदहरूले गरेको जानकारी गराए ।
सभामुख घिमिरेले कम्तीमा सदन चल्ने वातावरण बनाउन प्रधानमन्त्री दाहालसँग आग्रह गरे । शीर्ष नेताहरूले नै छलफल गर्दा पनि नखुलेको अवरोध खुलाउन सरकारले नै विशेष अग्रसरता देखाउनु पर्नेमा सभामुखको जोड थियो ।
प्रधानमन्त्री दाहालले एमालेसँग छलफल गरेर सदनको गतिरोध अन्त्य गर्ने आश्वासन दिएका छन् । सुन तस्करीको छानविनका लागि उच्च स्तरीय समिति बनाउन माग गर्दै एमालेले साउन १० गतेदेखि संसद अवरूद्ध गर्दै आएको छ ।
सत्ता पक्षले पनि सुन तस्करी प्रकरणको छानविन गर्न उच्चस्तरीय समिति बनाउन नपर्ने निर्णय गरिसकेको छ ।